जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबाट विश्वभर ८ लाख ३० हजारभन्दा बढीकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

विश्वमा दुई करोड ४३ लाख ६८ हजार २६० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ३० हजार ४०९ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । सङक्रमितमध्ये हालसम्म एक करोड ६८ लाख ९८ हजार ८९१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार २८८ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । संक्रमितहरू मध्ये ६१ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुवे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ६० लाख २ हजार ९२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ८३ हजार ६८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५९ लाख ७४ हजार ९९४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९४ हजार ८१९ जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा ७१ लाख ४६९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ६४ हजार ४९५ जनाको मृत्यु भएको छ । युरोपमा ३४ लाख ४५ हजार ७९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ६ हजार ४७४ को मृत्यु भएको छ । 

एसिया ६६ लाख १ हजार ५९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ३५ हजार ३३६ जनाको मृत्यु भएको छ । अफ्रिकामा १२ लाख १७ हजार ११३  जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ६७० जनाको मृत्यु भएको छ । 

ओसियानामा २७ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६०० जनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि