बैशाख २६, २०८१, बुधबार
               

फिलिपिन्समा विष्फोट हुँदा १४ जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । फिलिपिन्सको दक्षिणी प्रान्तमा सोमबार भएका दुई शक्तिशाली विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना सर्वसाधारण र अरु सुरक्षाकर्मी रहेका छन् ।

एक घण्टाको अन्तरमा गराइएको ती विस्फोटमा ७५ जना मानिस घाइते भएका छन् । घाइते हुनेमा २७ सुरक्षाकर्मी र ४८ जना सर्वसाधारण  छन् ।

आक्रमण चरमपन्थी इस्लामिक समूह अबु सायफ ग्रुपले गराएको आशंका गरिएको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आक्रमणको भर्त्सना गरेका छन् । अहिलेसम्म घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । पछिल्लो केही वर्षयता फिलिपिन्सको दक्षिणी क्षेत्रमा इस्लामिक चरमपन्थी समूहले निरन्तर आक्रमण गर्दै आएको बिबिसीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि