जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा १६ दिनमा २० लाख थप सङ्क्रमित

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा पछिल्लो १६ दिनमा २० लाख संक्रमित थपिएका छन् । 

सरकारी अधिकारीहर"ले दिएको जानकारी अनुसार जति पछि भयो, संक्रमितको सङ्ख्या पनि त्यति नै बढिरहेको देखिएको छ । 

भारतमा कोरोनाभाइरसबाट कूल संक्रमितको सङ्ख्या आइतबारसम्ममा तीस लाख नाघिसकेको छ । तीमध्ये ७४.९० प्रतिशतलाई निको भइसकेको छ । 

बाँकी केहीको मृत्यु भएको छ भने केहीको अहिले पनि उपचार भइरहेको छ । उनीहरू अझै पनि संक्रमित अवस्थामै छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २२ लाख ८० हजार ५६६ जना संक्रमणमुक्त भइसकेका हुन् ।  

पछिल्लो एकैदिनमा भारतमा ६९ हजार २३७ जना संक्रमित भएका छन् भने ९१२ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या ५६ हजार ७०६ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाबाट संक्रमित भएकामध्ये १.८६ प्रतिशतको मृत्यु भएको देखिएको छ । 

भारतमा अहिलेपनि सात लाख सात हजार ६६८ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ । 


कस्तो लाग्यो ?

यो पनि