बैशाख २८, २०८१, शुक्रबार
               

कोरोना कहर: आठ लाखको मृत्यु, कुन देशमा कति पुगे मृतक ?

एजेन्सी
भदौ ०७, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ ।

जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका छन् । 

अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४२९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा एक लाख १३ हजार ३५८ जनाको मृत्यु भएको छ । 

त्यस्तै तेस्रो धेरै मानवीय क्षति बेहोरेको मेक्सिकोमा ६० हजार २५४, भारतमा ५६ हजार ८७५ र बेलायतमा ४१ हजार ४२३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

त्यस्तै इटलीमा ३५ हजार ४३०, फ्रान्समा ३० हजार ५१२, स्पेनमा २८ हजार ८३८ र पेरूमा २७ हजार ४५३ सङ्क्रमितको मृत्यु भएको छ । 

त्यसैगरी सङ्क्रमितको सङ्ख्या अमेरिका, ब्राजिल र भारतपछि क्रमशः रुस, दक्षिण अफ्रिका, पेरू, मेक्सिको, कोलम्विया, स्पेन, चिली र इरान रहेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि