जेठ ०४, २०८१, शुक्रबार
               

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अझै स्थिर

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको बताएको छ ।

एक हप्तादेखि अचेत अवस्थामा रहेका मुखर्जीको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन नआएको दिल्लीस्थित सो अस्पतालले  शनिबार जानकारी दिएको हो । 

अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ,  ‘श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन ।’

अस्पतालका अनुसार ८४ वर्षीय  उनको अधिकांश स्वास्थ्य सूचकमा कुनै परिवर्तन आएको छैन । श्वासप्रश्वासमा समस्या भएपछि गत अगस्ट १० मा दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै आएको छ । 

यो पनि