बैशाख २३, २०८१, आइतबार
               

दक्षिण कोरियाले देशव्यापी रुपमा जारी गर्‍यो निषेधाज्ञा

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । दक्षिण कोरियाले देशव्यापी रुपमा निषेधाज्ञा गरेको छ । कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको दक्षिण कोरियाली अधिकारीहरुको भनाइ छ ।

निषेधाज्ञा जारी गरेसँगै दक्षिण कोरियामा भेला हुन, रात्रिकालीन गतिविधि गर्न, चर्च, खेलकुद तथा अन्य भीडभाड हुने ठाउँमा गतिविधि गर्न  नपाइने भएको छ । दिक्षिण कोरियाली स्वास्थ्य मन्त्री पार्क नेउङ हुका अनुसार शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभर रोक लगाइएको  हो ।

दक्षिण कोरियामा शनिबार मात्रै ३३२ मा कोरोना भाइरस  सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश राजधानी सोल महानगरपालिकाका रहेको बताइएको छ । 

यसका अलवा कतिपय प्रतिबन्धात्मक व्यवस्था सरकारले यसअघि पनि लागू गरेको बताउँदै उनले अहिले त्यसमा केही प्रतिबन्ध थप गरिएको बताए । 

यो पनि