मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा कोरोनाबाट अहिलेसम्म साढे ५५ हजारभन्दा बढीकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरूको संख्या झण्डै तीस लाख पुगेको छ  भने साढे ५५ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ ।

सरकारी अधिकारीहरूकाअनुसार कुल संक्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । ती मध्ये ६९ हजार ८७८ जना पछिल्लो २४ घण्टामा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । 

कुल संक्रमितमध्ये छ लाख ९७ हजार ३३० जना अझै पनि संक्रमित अवस्थामै छन् । त्यस बाहेक २२ लाख २२ हजार ५७८ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये ९४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन् । 

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ५५ हजार ७९४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । ती मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा मृत्यु भएको छ । महाराष्ट्रमा मात्रै कोरोनाका कारण २१ हजार ६९८ जनाको मृत्यु भएको छ भने एक लाख ६४ हजार ८७९ जना संक्रमित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि