बैशाख २१, २०८१, शुक्रबार
               

अमेरिकामा बेरोजगारीको संख्या बढ्दै, १० लाखभन्दा बढीले गरे बीमा आवेदन

एजेन्सी
भदौ ०६, २०७७

ADVERTISEMENT

अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन दिइरहेका छन् ।

यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको छ । 

अमेरिकामा कोरोना महामारीका कारण यस्तो अवस्था आएको हो । गएको पाँच महिनामा अमेरिकामा कोरोना भाइरसको प्रकोप देखिएको छ । 

यहाँ हाल कम्तीमा पनि ५६ लाख नागरिकलाई कोरोनाको संक्रमण देखिएको छ । जसका कारण यहाँको अर्थतन्त्र तथा रोजगारीमा नराम्रोसँग ह्रास आएको छ । 

अमेरिकामा बेरोजगारीको संख्या बढ्दै गइरहेको छ । पछिल्लो समयमा ११ लाख नागरिकले बेरोजगारी बीमाको फारम भरेका छन् । यो संख्या अघिल्लो हप्ताको तुलनामा बढी हो । अघिल्लो हप्ता यहाँ यो फारम भर्ने व्यक्तिको संख्या ९ लाख ७० हजार मात्र थियो । 

यहाँको सरकारले महामारी बेरोजगार सहायता पनि दिइरहेको छ । सो सहायता अन्तर्गत यो बीमा पनि पर्दछ । त्यसैले नागरिकहरुले पहिलो पटक यति धेरैले यो फारम भरेका हुन् । 

यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले अमेरिकामा कारोना भाइरसको प्रकोप अहिलेजस्तो गरी बढ्दै जाने हो भने यो बेरोजगार नागरिकहरुको दर पनि ठूलो मात्रामा बढ्दै जाने बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि