बैशाख २१, २०८१, शुक्रबार
               

'स्पेनिस फ्लूभन्दा कोरोना चाँडै नियन्त्रणमा आउँछ'

एजेन्सी
भदौ ०६, २०७७

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र  कोरोना भाइरसबाट उत्पन्न महामारीबाट विश्वले पार पाउन सक्ने आशा व्यक्त गरेको छ । 

कोरोना महामारी सुरु भएको करिब ८ महिना बितिसकेको छ ।

डब्लुएचओका अनुसार, ‘१९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना महामारीलाई चाँडो नियन्त्रण गर्न सकिन्छ ।’

ग्लोबलाइजेसन तथा विश्वभर बढेको मानिसको आवतजावतका कारण कोरोना भाइरस तीव्र गतिमा फैलिएको डब्लुएचओको तर्क छ । 

यद्यपि, विज्ञान तथा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिका कारण स्पेनिस फ्लूको तुलनामा कोरोना महामारी चाँडै नियन्त्रणमा आउने डब्लुएचओको विश्वास छ ।

सन् १९१८ को फेब्रुअरीदेखि १९२० अप्रिलसम्मको दुई वर्षभन्दा बढी अवधि चलेको स्पेनिस फ्लू महामारीबाट विश्वभर करिब २ करोड मानिसको ज्यान गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि