मंसिर ०१, २०८१, शनिबार
               

फोक्सोमा संक्रमण देखिएपछि भारतका पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था थप नाजुक

एजेन्सी
भदौ ०३, २०७७

ADVERTISEMENT

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप नाजुक बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुखर्जीको उपचार भइरहेको आर्मी अस्पतालले बयान जारी गरेर फोक्सोमा संक्रमण देखिएका कारण अवस्था थप बिग्रिएको जानकारी दिएको हो ।

भेन्टिलेटरमा रहेका उनको स्वास्थ्य अवस्थामा विशेषज्ञ डाक्टरले निगरानी गरिरहेको अस्पतालले जनाएको छ।

कोरोना भाइरसबाट समेत संक्रमित भएका मुखर्जीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि आर्मी अस्पताल भर्ना गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि