जेठ ०१, २०८१, मंगलबार
               

चीनमा बनेको कोरोनाको खोपलाई पेटेन्ट दर्ताका लागि अनुमति

एजेन्सी
भदौ ०१, २०७७

ADVERTISEMENT

चीनमा बनेको कोरोना भाइरसको खोप एडी पाइभ-एन कोभले पेटेन्ट दर्ताका लागि अनुमति प्राप्त गरेको छ ।

चिनियाँ खोप निर्माता कम्पनी क्यानसाइनो बायोलोजिक्स कर्पोरेसनलाई कोरोनाभाइरसको सो खोप पेटेन्ट दर्ताका लागि अनुमति मिलेको जानकारी चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले उल्लेख गरेको छ । 

चीनको बौद्धिक सम्पदा नियामक संस्थाले क्यानसाइनोको खोपको पेटेन्टका लागि अनुमति दिएको सो  पत्रिकामा उल्लेख छ ।

चीनमा कोभिड–१९ को खोपका लागि अनुमति दिएको यो पहिलो हो । यसलाई वैज्ञानिक उपलब्धिभन्दा पनि व्यावसायिक उपलब्धि मानिएको बताइएको छ । 

वल्टर एन्ड एलिजा हल इन्सिटिट्युट अफ मेडिकल रिसर्चका प्राध्यापक मार्क पेलेग्रिनीले पेटेन्टको कारण अब विश्वमा कसैले यसको नक्कल गर्न  नपाउने  बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि