मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसबाट भारतमा मृत्युको संख्या ५० हजार नाघेको छ । पछिल्लो समय २४ घण्टामा ९५० जनाको मृत्यु भएपछि  भारतमा मृत्यु दर संख्या ५० हजार ८४ जना पुगेको वल्डोमिटरले जनाएको छ ।

साथै, पछिल्लो २४ घण्टामा भारतमै ६३ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितको सूचीमा तेस्रो स्थानको भारतमा संक्रमितको संख्या २५ लाख ८९ हजार भन्दा बढी रहेको छ। संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा बढी भएको समाचारमा जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि