जेठ ०७, २०८१, सोमबार
               

भारतीय पूर्वराष्ट्रपति कोमामा

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । 

बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ । उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।

गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको ब्रेन सर्जरी समते गरिएको छ ।

गत सोमबार ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको बताएका थिए ।

यसैबीच केही सञ्चारमाध्यममा मुखर्जीको मृत्यु भएको खबर सार्वजनिक भएका थिए । यस सम्बन्धमा उनको परिवारजनले उक्त खबरको खण्डन गर्दै गलत समाचारको विश्वास नगर्न आग्रह गरेका छन्। 

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि