जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबाट विदेशमा थप १६ जना नेपालीकाे मृत्यु

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

विश्वभरी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण विदेशमा रहेका नेपालीको एक सातायता थप १६ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो ।

कतारमा निधन भएका आठमध्ये २ जनाको निधन हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी छ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ ।

शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

सङ्घका अनुसार जम्मा कोराना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये सबै मुक्त भएका छन् ।

साथै मध्यपूर्वका केही देशमा रहेका नेपालीमा भने अझै कोरोना भाइरसको सङ्क्रमण नरोकिएको संघले आज विज्ञप्तिमार्फत जनाएको छ ।

हालसम्म विभिन्न देशमा कूल ३० हजार ५७१ सङ्क्रमित नेपालीमध्ये २८ हजार ६८१ जना सङ्क्रमणमुक्त भएको संघको तथ्यांक छ ।

यसैगरी भारत, साउदी अरेबिया, युएई र कुवेतमा मात्र यस साता ९५० नेपालीमा कोरोना सङ्क्रमण देखिएको समितिले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि