बैशाख १८, २०८१, मंगलबार
               

पर्यटनमन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

रासस
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्टेलियाका राजदूत पिटर वडबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भट्टराईले दुई देशबीचको व्यावसायिक हवाई सञ्चालनका लागि राजदूतसँग आग्रह गरेका थिए ।

मन्त्री भट्टराई र राजदूत वडबीच विश्वमहामारीको रुप लिइरहेको कोभिड–१० ले पारेको असर र महामारी न्यूनीकरणका लागि गरिएका कामको अनुभव आदानप्रदान पनि भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री भट्टराईलेअष्ट्रेलियामा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गरेका हुन ।

त्यस्तै राजदूत वडले व्यावसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै अष्ट्रेलियन नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रशंसा गरेका थिए । 

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि