जेठ ०१, २०८१, मंगलबार
               

अनपेक्षित रूपमा करोना सङ्क्रमित बढेपछि चीनमा कडाइ

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

बेइजिङमा दुई वटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्द भएका छन् । 

अनपेक्षित रूपमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि चीनले सो उडन रद्द गरेको हो । 

चीनमा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि चीनको केन्द्रीय राजधानी बेइजिङले कोरोना भाइरसलाई लिएर उच्च सतर्कता अपनाउन थालेको बताइएको छ । 

पछिल्लो सयौँ चीनले करिब एक हजार  दुई सय ५५ वटा आन्तरिक उडान रद्द गरेको छ । 

बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परीक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना सङ्क्रमित भेटिएपछि सरकारी अधिकारीहरूले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । 

बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने अनिश्चितकाका लागि यस अघि  नै बन्द भएका छन् । 

यसका अलवा राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङबाहिर जानका लागि बन्द रोक लगाइएको छ । 

चीनले बेइजिङभन्दा बाहिर जानका लागि टिकट काटेकाहरूलाई टिकटको पैसा फिर्ता गर्ने गर्ने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि