जेठ ०१, २०८१, मंगलबार
               

चीनमा फेरि दुई महिनायताकै धेरै संक्रमित फेला

एजेन्सी
जेठ ३२, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा चीनमा दुई महिना यताकै धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन् । गत अप्रिल १३ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् ।

चीनको नेशनल हेल्थ कमिसनका अनुसार भेटिएकामध्ये ३८ जना स्थानीय संक्रमित रहेका छन् । जसमध्ये ३६ संक्रमित बेइजिङका छन् । यो चीनको सरकारले राजधानी सहर बेइजिङको तथ्यांक शुरु गरेयताकै सबैभन्दा ठूलो संख्या हो ।

एकदिनअगाडि बेइजिङमा ६ जना संक्रमित फेला परेका थिए । तर, शनिबार सहरको दक्षिण पश्चिमी फेंगताई क्षेत्रको एक सहरमा ठूलो संख्यामा गरिएको परीक्षणपछि संक्रमितको संख्यामा वृद्धि भएको हो ।

चीनमा पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये १९ जना विदेशबाट आएका मानिसहरु थिए । अहिलेसम्म चीनमा कोरोना भाइरसको कारण ८३ हजार १३२ संक्रमित फेला परेका छन् भने चार हजार ६३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि