जेठ ०५, २०८१, शनिबार
               

साउदीमा लकडाउन खुकुलो बनाउँदा ६ दिनयता मात्रै २० हजारभन्दा बढी संक्रमण

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

कोरोना महामारीबीच साउदी सरकारले लामो समयदेखि लगाएको लकडाउन खुकुलो गरेपछि साउदी अरेबियामा नोबेल कोरोना भाइरस अर्थात कोभिड-१९ महामारीका संक्रमितहरु केही दिन यतादेखि हवात्तै बढेका छन् ।

कोरोना भाइरसको महामारीको संक्रमणलाई केही हदसम्म नियन्त्रणमा गरेपछि साउदी सरकारले देशैभर लगाएको लकडाउन ३१ मेदेखि बिहान ६ बजेदेखि राति ८ बजे सम्मका लागि लकडाउन खुकुलो गरेपछि ६ दिनयता देखि कोरोना भाइरसका संक्रमितहरु एकाएक हवात्तै बढेका हुन् ।

साउदी अरेबियामा सरकारले मक्का शहर बहेकको ठाउँमा लकडाउन खुकुलो गरेपछि कोभिड ९ १९ महामारीका संक्रमितहरु ६ दिनदेखि दिनहुँ लगातार ३ हजार भन्दा बढी संक्रमितहरु भेटिएका छन जुन शनिबार देखि बिहीबार सम्म मात्रै २० हजार २ सय ७३ जना संक्रमितहरु भेटिएको स्वास्थ्य मंत्रालयको तथ्यांकले देखाउँछ ।

साउदी अरेबियाको राजधानी रियाद शहरमा मात्रै बिहीबार १ हजार ४ सय ३१ जना नयाँ कोरोना संक्रमितका साथ शिर्षमा रहदै एकैदिन साउदी अरेबियामा ३ हजार ७ सय ३३ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका हुन् जुन साउदी अरेबियामा एकैदिन यति ठूलो संख्यामा संक्रमित भेटिएको अहिले सम्मको यो पहिलो पटक हो ।

बिहीबार नयाँ भेटिएका कोभिड ९१९ संक्रमित मध्ये जद्दा २ सय ९४, मक्का २ सय ९३, दम्माम २ सय १४, हाफुफ २ सय ६, अल ९खोबर एक सय, अल ९बुरैदा ७८, ताइफ ७७, अल मदिना ७४, अल ९ मुर्बराज ५२, कताइफ ५२, धहरन ५० जना जस्तै संक्रमित रहेका छन् ।

कोरोना भाइरसका कारण साउदी अरेबियामा बिहीबार ३८ जनाको ज्यान गएको छ भने कोरोना भाइरसको संक्रमित रहेका मध्ये बिहीबार एकैदिन २ हजार ६५ जना उपचारपछि रिकभर भई घए फर्किएका छन् ।

साउदी अरेबियामा बिहीबार सम्म उपचारपछि निको हुने संक्रमितको जम्म संख्या ८० हजार १९ जना पुगेका छन् । जबकि कोरोना भाइरसको बिहीबारसम्म जम्मा संख्या १ लाख १६ हजार २१ जना पुगेको छ साउदी स्वास्थ्य मंत्रालयको तथ्यांकले देखाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण बिहीबारसम्म साउदी अरेबियामा ८ सय ५७ जनाको मृत्यु भइसकेको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि