जेठ ०५, २०८१, शनिबार
               

अमेरिकामा सेप्टेम्बरसम्ममा कोरोनाबाट २ लाखको ज्यान जान सक्ने विज्ञको अनुमान

एजेन्सी
जेठ २९, २०७७

ADVERTISEMENT

अमेरिकामा संक्रमितको संख्या २० लाख नाघेको छ । बुधबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार ७ सय ५४ पुगेको छ।

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्याले सेप्टेम्बर महिनामा दुई लाख छुने अनुमान एक अमेरेिकी विज्ञले गरेका छन् । पछिल्लो समय अमेरिकी राज्यहरूले अर्थव्यवस्था र जनजीवनलाई सामान्य तुल्याउने भन्दै लकडाउनलाई खुकुलो पार्दै लगेका छन् ।

हावर्डको ग्लोबल हेल्थ इन्सिट्यूटका प्रमुख आशिष झाले सिएनएनलाई बुधबार अन्तरवार्ता दिदैं यस्तो सम्भावना व्यक्त गरेका हुन् । अन्तरवार्तामा झाले प्रभावकारी कदम नचालिए अमेरिकामा कोरोनाका कारण हुने मृत्यु जारी रहने बताए।

उनले भने,  'संक्रमण बढ्ने अवस्था नभए पनि यदि हामीले कुराहरूलाई त्यतिकै राखिराख्यौं भने मृतक संख्याले सेप्टेम्बर महिनाको कुनै बिन्दुमा २ लाख छुनेछ', झाले थपे, 'यो त सेप्टेम्बरसम्मको कुरा हो। महामारी सेप्टेम्बरमा सकिनेछैन।'

झाले अन्तरवार्तामा आगामी साता र महिनामा 'हामी कहाँ जानेछौं' भन्ने कुराले आफूलाई चिन्तित पारेको पनि बताए।

यो संसारको कुनै पनि मुलुकमा कोरोनाका कारण भएको सर्वाधिक धेरै मृत्यु हो । कोरोनाले अमेरिकामा महामारीको रूप लिन थालेपछि अमेरिकी सरकारले भाइरसका कारण करिब २ लाख ४० जनाले ज्यान गुमाउन सक्ने अनुमान सार्वजनिक गरेको थियो।

 


कस्तो लाग्यो ?

यो पनि