जेठ ०५, २०८१, शनिबार
               

कोरोना संक्रमणबाट विधायनसभा सदस्यको निधन

एजेन्सी
जेठ २८, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण भारतको तामिलनाडु राज्यका विधायनसभा सदस्यको निधन भएको छ ।

कोरोना संक्रमणबाट विधायनसभा सदस्य जे अन्बझागानको निधन भएको हो ।

चेन्नईस्थित एक अस्पतालमा उपचारको क्रममा बुधबार उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

६२ वर्षीय अन्बझागान चेन्नईस्थित डा. रेला इन्स्टिच्युट एन्ड मेडिकल सेन्टरमा जुन २ मा भर्ना भएका थिए ।

कोरोना संक्रमणका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि भेन्टिलेटर, अक्सिजनलगायत सबै उपाय अपनाउँदा पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।

उनी तामिलनाडुको चेपक क्षेत्रबाट डीएमके पार्टीबाट तीनपटक निर्वाचित भएका थिए।

यो पनि