जेठ ०५, २०८१, शनिबार
               

भारतीय  चर्चित संगीतकार वाजिद खानको मृत्यु, कोरोनाको आशंका

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतीय चर्चित संगीतकार वाजिद खानको आइतबार राति मृत्यु भएको छ । अर्का चर्चित गायक सोनु निगमले फेसबुकमा पोस्ट गर्दै उनको मृत्युबारे जानकारी दिएका छन् । संगीतकार खानकै परिवारले पनि उनको मृत्यु भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘भाइ वाजिदले हामीलाई छाडेर गए ।’

भारतीय सञ्चारमाध्यमका अनुसार उनी कोरोनाबाट संक्रमित थिए । उनको परिवारले बताएअनुसार वाजिद खान मिर्गौला रोगले पीडित थिए । २ वर्षअघि मात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनको परिवारले गराएको जानकारीअनुसार उनको घाँटीमा संक्रमण भएपछि उनलाई चेम्बुरको सुराणा अस्पतालमा भर्ना गरिएको थियो र कोरोना परीक्षणका लागि उनको स्वाब परीक्षणमा पठाइएको थियो । तर, रिपोर्ट आउन बाँकी रहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार वाजिद खानको नयाँ गीत ‘भाइभाइ’ एक हप्ताअघि मात्र रिलीज भएको थियो । जुन गीतमा अभिनेता सलमान खानले आवाज दिएका छन् । यस्तै, अभिनेत्री प्रियंका चोपडाले संगीतकार खानप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

 

यो पनि