जेठ ०५, २०८१, शनिबार
               

अमेरिकामा हिंसा भड्किएपछि सैनिक परिचालन

रासस
जेठ १७, २०७७

ADVERTISEMENT

संयुक्तराज्य अमेरिकाका दर्जनौँ सहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ ।

अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ ।

प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा प्रहरीले घुँडाले बेस्सरी धेरैबेर थिचेको थियो । शास फेर्न मुश्किल भएको भन्दै उनले याचिका गरे पनि प्रहरीले उनको कुरा सुनेका थिएनन् । ती युवक एउटा पसलमा झुटो बिल देखाएको आशंकामा पक्राउ परेका थिए ।

प्रहरी क्रुरताको नजिकैबाट एकजना बटुवाले खिचेको भिडियोमा प्रहरीले फ्लोयडको घाँटीमा घुँडा टेकेको देखाइएको छ । फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो । घाँटी थिच्ने प्रहरी अधिकृत डेरेक चौविन पक्राउ परेका छन् भने उनलाई शुक्रबार व्यक्ति हत्याको आरोप लगाइएको छ । 

अनुसन्धानका क्रममा ती प्रहरीले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म थिचेको देखिएको छ । प्रहरीको उक्त क्रुरतासँगै शुरु भएको विरोध प्रदर्शनले देशव्यापी हिंसात्मक रुप लिएको छ । बिहीबार प्रदर्शनकारीहरुले फ्योयडलाई गिरफ्तार गरेर राखिएको मिनियापोलिसको एउटा प्रहरी चौकीमा आगो लगाइदिएका छन् । प्रहरीले हिंसा नियन्त्रणमा ल्याउन हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । 

हिंसाले उग्र रुप लिएपछि नगर प्रमुख जेकब फ्रेले स्थानीय समयानुसार शुक्रबार राति ८ बजेदेखि लागू हुनेगरी शहरभर कफ्र्यु लगाएको घोषणा गर्नु भएको थियो । तर शहरको दक्षिणी भागमा हजारौं मानिस निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा भेला भएका थिए । शुरुमा प्रदर्शन शान्त देखिएपनि केही समयपछि उनीहरुले कारहरुमा आगो लगाइदिनुका साथै पसलहरु तोडफोड गरियो । अन्ततः भीडले शहरका धेरै ठाउँका निजी तथा सार्वजनिक सम्पत्तिमा आगो लगायो । 

यो अस्थिरता र विरोध प्रदर्शन देशव्यापी हुनेक्रममा छ । वासिङ्टन डिसी, एटलान्टा, फिनिक्स, डेनभर र लस एन्जलस लगायतका ठूला अमेरिकी शहरहरूमा परिस्थिति विस्फोटक बनेको छ । तुलनात्मक रुपमा शान्तिपूर्ण भएका यी प्रदर्शनमा सहभागीहरुले सडक अबरुद्ध गर्नुका साथै कतिपय ठाउँमा प्रहरीसँग झडप भएको छ । 

शुक्रबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोयडका परिवारजनलाई टेलिफोन गरी आफ्ना तर्फबाट दुःख प्रकट गरेका छन् । उनले आफूले फ्लोयडमाथि भएको प्रहरी कारबाहीको भिडियो हेरेको र त्यसमा कुनै क्षमा दिन नसकिने बताए।

फ्लोयडको मृत्युका बारेमा राज्य र संघीय निकायहरुले विस्तृत अनुसन्धान शुरु गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि