जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे तीन लाखभन्दा बढी

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । चीनबाट उत्पन्न भएर विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर साढे 
 तीन लाखभन्दा बढी पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार उक्त भाइरसबाट तीन लाख ५१ हजार ६३८ जनाको ज्यान गइसकेको छ । यसका साथै, हालसम्म कोरोनाको संक्रमण ५६ लाख ७८ हजार २६० जनामा फेला परेको छ  । 

त्यस्तै, कोरोना संक्रमित मध्ये हालसम्म २४ लाख २६ हजार ३८८ जना निको भइसकेका छन् । २९ लाख २३४ संक्रमति उपचार गराइरहेका छन् । यसममध्ये २८ लाख ४७ हजार १३९ को स्वास्थ्य अवस्था सामान्य  रहेको र ५२ हजार ९५ गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि