जेठ ०५, २०८१, शनिबार
               

आइतबारको तुलनामा सोमबार संक्रमितको संख्या घट्यो

रासस
जेठ १३, २०७७

ADVERTISEMENT

कोरोना भाइरसबाट गएको २४ घन्टायता आइतबारको तुलनामा सोमबार संक्रमितहरु केही कमी देखिएको  विश्वका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् ।  यस अघिल्लो दिन ६ हजार ९७७ जना संक्रमित भेटिएका थिए । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ४५ हजार ३ सय ८० पुगेको छ । 

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४६ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार १६७ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । यस्तै विश्वमा ५५ लाख ९० हजार नाघेको छ ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि