बैशाख २७, २०८१, बिहीबार
               

औलोको औषधिलाई कोरोना भाइरसको औषधिको रुपमा प्रयोगमा रोक लगाउने निर्णय

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण भएका बिरामीमा औलोको उपचारमा प्रयोग भइरहेको औषधिको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । 

संगठनले सुरक्षाको कारण देखाउँदै कोरोना भाइरसविरुद्धको सम्भावित परीक्षणका लागि प्रयोग भइरहेको औलो रोगविरुद्धको औषधि हाइड्रो साइक्लोरोक्विन प्रयोगमा अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको हो । 

विभिन्न देशमा कोरोना नियन्त्रणका लागि यो औषधि प्रयोग भइरहेका बेला डब्लुएचओले यस्तो निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ । 

साथै, एक अध्ययनले औलोविरुद्धको औषधिको प्रयोगले मृत्यु हुनेको संख्या बढेकाले पनि अस्थायी रुपमा परीक्षण रोक्ने निर्णय गरेको बीबीसीले जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न यो औषधि प्रयोग गरिरहेको बताउँदै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि