बैशाख २६, २०८१, बुधबार
               

गएरातिदेखि काबुलमा ७ वटा बम विस्फोट

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा सोमबार बिहान चारवटा बम विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । 

सुरक्षा स्रोतले उक्त विस्फोटका कारण जनधनको क्षति भएको बारेमा जानकारी प्राप्त नभएको बताएको छ । राष्ट्रिय सुरक्षा महानिर्देशनालय (एनडिएस) र सरकारी सवारी साधनहरुलाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरीले जनाएको छ । 

आइतबार राति पनि काबुल नजिकका काहाराही कम्बारी र हूटखिलमा पनि तीन वटा विस्फोट गराइएका थिए । गएरातिदेखि काबुल सहरलाई लक्षित गरी सात वटा विस्फोटका घटना भइसकेका छन् । अफगानिस्तानको मुख्य विद्रोही तालिबान समूह समेतका कुनै पनि समूहले ती विस्फोटहरुको जिम्मेवारी लिएका छैनन् । 


कस्तो लाग्यो ?

यो पनि