जेठ ०१, २०८१, मंगलबार
               

चीनसँग सीमाना जोडिएका जिल्लाका स्थानीय तहले पाउने सहयोग राेकियाे

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । चीनले आफूसँग सीमाना जोडिएका १४ जिल्लालाई उपलब्ध गराउने भनेको सहयोग चालू आर्थिक वर्षका लागि रोकेको छ । 

चीन सरकारले स्थानीय तहका सडक निर्माणका लागि उपलब्ध गराउने भनेको सो निर्माण उपकरण चालू आर्थिक वर्षका लागि रोकिएको तिब्बत परराष्ट्र कार्यालयका महानिर्देशक र तिब्बतस्थित नेपाली महावाणिज्यदूतबीचको वार्ताका क्रममा जानकारी दिएको हो ।

चीनले सीमाना जोडिएका १४ जिल्लालाई सडक निर्माणको प्रयोजनका लागि प्रत्येक स्थानीय तहलाई एक–एकवटा एस्काभेटर उपलब्ध गराउने सम्झौता गरेको थियो ।

तर, चीनले कोभिड–१९ का कारण चीन सरकारको वैदेशिक सहयोगका प्राथमिकता नै परिवर्तन गर्नुपरेको भन्दै सो सहयोग रोक्नुपरेको जनाएको छ ।  

चीन सरकारले ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका, संखुवासभाको सभापोखरी र दोलखाको बिगु गाउँपालिका, सिन्धुपाल्चोकको जुगल गाउँपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका, धादिङको रुवीभ्याली गाउँपालिका र गोरखालगायत जिल्लामा सहयोग गर्ने बताएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि