एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतीय एक उच्च प्रहरी अधिकारीको मृत्यु भएको छ ।
भारतस्थित पञ्जाब शहरमा कोरोनाका कारण उपचारको क्रममा लुधियानाका एसिपी अनिल कोहलीको मृत्यु भएको जनाइएको छ ।
उनको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी दिने तयारी भएको थियो । तर, थेरापी अगाडि नै उनको मृत्यु भएको हो ।