जेठ ०१, २०८१, मंगलबार
               

चीनले ३ देशमा मेडिकल टिम पठाउने

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोविड १९ महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार चीन सरकारले सहयोगस्वरुप ती देशमा मेडिकल टिम पठाउन लागिएको हो ।

विश्वमा कोविड १९ को महामारी विश्वव्यापी  रुपमा बढ्दो रुपमा  रहेको भन्दै यस्तो अवस्थामा विभिन्न देशमा स्वास्थ्य सामग्री तथा कतै मेडिकल टिम नै पठाएको हो ।

चीन र अफ्रिकी देशहरूबीचको सम्बन्ध सुधारको संकेतस्वरुप यो सहयोग गरिएको प्रवक्ता चाओले बताए । चीनमा भएको कोरोनाको प्रकोपको समयमा सबैभन्दा पहिला साउदी अरेबियाको सरकारले चीनलाई फोन गरेर सान्त्वना दिएको तथा साउदी अरेबियामा भएको क्षतिबारे दुःख व्यक्त गरेको प्रसंग उनले उल्लेख गरे ।


कस्तो लाग्यो ?

यो पनि