जेठ ०३, २०८१, बिहीबार
               

कोरोनाको दोस्रो जोखिम देखिएको भन्दै चिनियाँ राष्ट्रपतिको चेतावनी

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनमा कोरोना भाइरसको दोस्रो चरणको जोखिम देखिएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले आम जनतालाई सावधानी अपनाउँन चेतावनी दिएका छन् ।

पोलिटब्यूरो स्थायी समितिको बुधबारको बैठकमा विश्व अर्थतन्त्रमा बढ्दै गरेको गिरावटकाबीच अस्थिर र अनिश्चित कारकमा पनि वृद्धि भएको राष्ट्रपति सी जिनपिङले बताएका छन् ।

चीनमा अहिलेका लागि कोरोना भाइरस नियन्त्रणमा रहेको जस्तो देखिएकाे छ ।

चीनमा नयाँ संक्रमित र मृतकको संख्या पनि कमै देखिएको छ । बुधबार कोरोना भाइरसको केन्द्रबिन्दु वुहानमा लकडाउन हटाइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि