एजेन्सी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनको सघन उपचार कक्षमा (आइसियू) मा उपचार भइरहेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्यस्थिति बिग्रदै गएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रिटले जनाएको छ।
एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको जानकारी दिइएको छ ।
५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आइतबार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।
महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जानकारी दिएको छ ।
गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि क्वारेन्टाइनमा बसेका बसेका उनमा लक्षणहरूमा सुधार नआएपछि अस्पताल भर्ना गरिएको थियो।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू जारी रहेका कारण प्रधानमन्त्री लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा चिकित्सकहरूको निगरानीमा थिए ।’
विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्रीले उत्तम हेरचाह पाइरहेका छन् र उनले एनएचएसका सबै कर्मचारीलाई तिनीहरूको कडा परिश्रम र समर्पण भावकालागि धन्यवाद दिएका छन् ।