मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री बोरिसकी प्रेमिकालाई पनि कोरोनाको लक्षण

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

एजेन्सी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनकी प्रेमिकालाई पनि कोरोना भाइरसको लक्षण देखिएको छ ।

ब्रिटेनका प्रधानमन्त्री बोरिसकी प्रेमिका क्यारी साइमण्ड्सले आफूलाई पनि कोरोनाको लक्षण देखा परेको बताएकी हुन् । उनी अहिले गर्भवती छिन् ।

यद्दपि उनको कोरोना परीक्षण भने गरिएको छैन । उनी घरमै क्वारेन्टाइनमा बसिरहेकी छिन् । 

साइमण्ड्स केही समयदेखि बोरिस जोनसनसगँ अलग बसेकी छिन् । 

केहि दिनअघि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । 

कोरोना संक्रमण भएसँगै उनी अहिले आइसोलेशनमा बसेका छन् ।

साइमण्ड्सले सामाजिक सञ्जाल ट्विटरमा एक पोस्ट गरेकी गर्दै भनेकी छिन्, 'म एक एक हप्ता घरमै कोरोना भाइरसविरुद्ध लडेर बसें । अहिले आराम महसुस गरिरहेको छु ।'

कोरोनाको लक्षण देखिए पनि आफूले स्वास्थ्य जाँच नगराएको बताउँदै उनले भनेकी छिन्, 'मैले जाँच गराउन आवश्यक नै ठानिन र एकहप्ता घरमै आराम गरें । अहिले मेरो स्वास्थ्यमा सुधार भइरहेको छ ।'

साइमण्ड्सले अन्य गर्भवती महिलालाई समेत घरमै आराम गर्न र कोरोना भाइरसबाट सजग रहन सुझाव दिएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि