जेठ ०२, २०८१, बुधबार
               

कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार ७ सय १६ पुग्यो

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ । त्यस्तै, अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ ।

त्यस्तै, त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमित भएका छन् । आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ ।

स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ। इटलीमा १ लाख २४ हजार ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ६४ हजार ७  सय १६ पुगेको छ।  


कस्तो लाग्यो ?

यो पनि