जेठ ०१, २०८१, मंगलबार
               

चिनियाँ व्यापारीले प्रदान गरेका सहायता सामाग्री तिब्बतमा रोकिए

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

एक चिनियाँ व्यापारीले नेपाललाई प्रदान गरेका करिब दुई हजार थान कोरोना टेस्टिङ (परीक्षण) किटसहितका सहायता सामाग्री तिब्बतमा रोकिएका छन् । 

सहयोगस्वरुप व्यापारीले नेपाल पठाउन लागेका सामग्रीको गुणस्तरमा चीन सरकार विश्वस्त हुन नसकेपछि उक्त सहायता सामग्री ल्हासामै रोकिएको स्रोतले जानकारी दियो । 

चीनको स्वास्थ्य विभागले जाँच गर्दा निर्यात गर्ने सूचीमा नरहेको पाएपछि तिब्बतस्थित विदेश विभागको कार्यालयले रोकेको ल्हास्थित नेपाली महावाणिज्य दूतावासले जानकारी दियो । 

विदेश विभागले निर्यात गर्ने लिस्टमा नरहेको भनी जानकारी गराएपछि आफूहरुले ती कार्गो सामग्री जिम्मा नलिएको महावाणिज्य दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले जानकारी दिए । 

चिनियाँ स्वास्थ्य विभागले ती सामग्रीको गुणस्तर मापन गर्दा निर्यातयोग्य नदेखिएको भनेपछि उक्त सहायता सामग्री तिब्बतमै रोकिएका हुन् ।

बेइजिङबाट पठाइएका सामान ल्हासासम्म आइपुग्न चार दिन लागेको थियो । 

यो पनि