बैशाख १७, २०८१, सोमबार
               

चीनले लगायो विदेशीको आगमनमा प्रतिबन्ध

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं । अन्यत्रबाट कोरोना फैलिन सक्ने आँकलन गर्दै चीनले विदेशीहरूको आगमनमाथि प्रतिबन्ध लगाएको छ । 

चीनले भिसा भएका वा बसोबासकै अनुमति भएकामाथि पनि चीन छिर्न रोक लगाएको हो । 

बाहिरबाट कोरोना भित्रिन थालेको भन्दै चीनले बाहिरी देशका बासिन्दालाई चीन आवागमनमा प्रतिबन्ध गरेको हो । 

चीनमा अहिले कोरोना संक्रमणको अवस्था न्यून नै भइसकेको छ ।

बिहीबार ५५ जना नयाँ संक्रमित मध्ये ५४ जनामा बाहिरबाट आएकामा देखिएकाले  अन्यत्रदेबाट चीन भित्रिनका लागि कडाइ गरिएको चीनले बताएको छ । बाहिरबाट  संक्रमण भित्रन थालेपछि यस्तो कठोर कदम चालिएको चीनले जनाएको छ । 

चीनमा अहिले स्थानीय र विदेशी एअरलाइन्सले सातामा एउटा मात्रै अन्तर्राष्ट्रिय उडान भर्न पाउँछन् । विमानका सिट पनि ७५ प्रतिशतभन्दा अधिक नभर्न भनिएको छ । 

चीनमा तीन दिनयता स्थानीय स्तरबाट संक्रमित भएका एक जना मात्रै बिरामी फेला परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि