जेठ ०१, २०८१, मंगलबार
               

तमिलनाडुमा कोरोना संक्रमणबाट पहिलो मृत्यु

एजेन्सी
चैत १२, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको तमिलनाडुमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

तमिलनाडुमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

मार्च २३ मा उनको स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । 

मदुरैई निवासी ५४ वर्षीय व्यक्तिको राजाजी हस्पिटलमा उपचार भइरहेको थियो । 

उपचारको क्रममा बुधबार बिहान उनको मृत्यु भएको हो । 

उनी डायबिटिज तथा हाइपरटेन्शनका बिरामी थिए । 

योसँगै भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि