एजेन्सी । कोरोना भाइरसबाट फ्रान्समा एक हजारभन्दा बढीको मृत्यु भएको छ । हालसम्म फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ सय पुगेको समचारमा जनाइएको छ । त्यसतै २ हजार ४ सय ४४ नयाँ संक्रमण देखिएको छ ।
कोरोना संक्रमण रोक्नका लागि युरोपका अन्य देश झैँ फ्रान्सले पनि विभिन्न प्रकारको कडा प्रतिबन्ध लगाएको छ । १७ मार्चदेखि नै फ्रान्समा लकडाउन गरिएको छ ।