जेठ ०२, २०८१, बुधबार
               

एल साल्भाडोरमा कोरोना पहिलो सङ्क्रमण

रासस
चैत ०६, २०७६

ADVERTISEMENT

एजेन्सी । एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन्।

कोरोना भाइरसको सङ्क्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ । हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको आइसोलेसन बुकेलेले टेलिभिजनमार्फत जानकारी दिए । 

सङ्क्रमणसँग जुध्न एक विशेष अस्पतालको पनि घोषणा गरिएको  र नागरिकहरूले घरमै बस्नेलगायत स्वास्थ्य अधिकारीहरूले जारी गरेको सरसफाईको नियम पनि अनुसरण गर्न सुझाव दिइएको राष्ट्रपति बुकेलेले जानकारी दिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि