जेठ ०२, २०८१, बुधबार
               

चीनमा बुधबार एक जना मात्र कोरोना संक्रमित भेटिए

रासस
चैत ०५, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनमा बुधबार कोरोना भाइरसका एक जना सङ्क्रमित भेटिएका छन् । तर यसको सङ्क्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ । 

गत वर्षको अन्तमा भाइरस पहिलो पटक देखा परेको मध्य सहर उहानमा लगातार दोस्रो दिन एकमात्र सङ्क्रमणको घटना पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।  

हुबेई प्रान्तको वरिपरि नयाँ सङ्क्रमण विगत सात दिनमा ९ भन्दा कम सङ्क्रमित पाइएको बताइएको थियो । फेब्रुवरीको सुरुमा चीनको हुबेइ प्रान्तको उहान सहरमा दिनहूँ हजारौंको संख्यामा कोरोना भाइरसका सङ्क्रमित हुने गरेकोमा गएको हप्तामा ९ जनाभन्दा कम मात्र विरामी पाइएको सो आयोगले जनाएको छ ।  

उहान सहरमा गत जनवरी २३ मा ११ करोड मानिसहरूलाई अलग्गै राखिएको थियो । तर हालैका दिनहरूमा प्रान्तको केही भागहरूमा प्रतिबन्धहरूमा सहजता आएको छ । चीनले यो भाइरसको फैलावटलाई ‘मौलिक रुपमा रोकेको’ जनाएको छ ।

हाल चीनमा स–साना सहरहरूले स्वस्थ मानिसहरूलाई काममा फर्काउन वा आफ्नो गाउँहरू फर्काउन अनुमति दिएका छन् । 
तर बाहिरबाट चीन पुगेका नागरिकमा देखिएको संक्रमण चीनका लागि बढ्दो चिन्ताको विषय बनेको छ । बुधबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको र यो संख्या कूल १५५ पुगेको बताइएको छ । 

सरकारका अनुसार प्रत्येक दिन औसत २० हजार मानिस चीनमा उडान गरिरहेका छन् । दश चिनियाँ प्रान्त र सहरहरूले विदेशबाट आएका व्यक्तिहरूलाई अनिवार्य क्वारेन्टाइनमा राखेको छ । 

चीनले गत बुधवार ११ जनाको मृत्यु भएको जनाएको  छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सङ्क्रमित रहेका छन् । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि