जेठ ०३, २०८१, बिहीबार
               

भारतमा कोरोनाका कारण थप एकको मृत्यु

रासस
चैत ०४, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।  भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईबाट फर्किएका जनाइएको छ ।

भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए ।  कोरोना भाइरसको कारण सङ्क्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ ।

गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको थियो । 

यस अघि मृत्यु भएका  दुबै व्यक्ति महिला भएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको मृत्यु भएको र  सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि