मंसिर ०७, २०८१, शुक्रबार
               

जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला

रासस
चैत ०३, २०७६

ADVERTISEMENT

एजेन्सी । जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह हत्या मानिएको छ । 

तीस वर्षीय सातोसी उमाचु स्वयंले उक्त हत्याकाण्डको आरोपमा प्रतिवाद गरेका छैनन्, तर उनका वकीलहरुले ‘मानसिकरोग’का कारण नशालुपदार्थको सेवन गरेका सातोशीले जानाजान व्यक्ति हत्या नगरेको दाबी गरेका थिए ।

उक्त घटना सन् २०१६ मा योकोहामा नगरमा भएको थियो । मुख्य न्यायाधीश कियोस आउनुमाले अदालतको फैसला सुनाउँदै भने, ‘१९ जनाको जीवन समाप्त भयो । यो अति भयानक घटना हो ।’
प्रमाणहरुले सातोशीले हत्याको योजना बनाएको र मार्ने नियत प्रस्टै राखेको देखाएको उनले बताए । 

सरकारी अभियोजनकर्ताहरुले सातोशीलाई मृत्युदण्ड दिइनुपर्ने माग दाबी गरेका थिए । जापानमा झुन्ड्याएर मृत्युदण्ड दिइने प्रचलन छ । अदालतमा फैसला सुनाउँदा सातोशीमा कुनै आत्मग्लानी देखिएको थिएनन् ।  उनी न्यायाधीशलाई एकोहोरो हेरिरहेका थिए ।

सातोशीले अदालतको फैसला आफूलाई स्वीकार्य हुने र कुनै अर्को अदालतमा अपिल नगर्ने बताउँदै आएका थिए । तैपनि उनले आफूलाई मृत्युदण्डको सजाय नहुने दाबी गरिरहेका थिए । उनले केयर होममा आक्रमण गर्दा सबै अशक्त व्यक्तिलाई समाप्त गर्न चाहेको बताउँदै अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । उनको आक्रमणबाट अरु २६ जना घाइते भएका थिए ।

उनीमाथि अदालतको फैसला सुन्न स्थानीय अदालतमा ठूलो भिड लागेको थियो । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि