जेठ ०२, २०८१, बुधबार
               

चीनमा कोरोना भाइरसको तीव्र संक्रमण सकियो : चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT


काठमाडौं । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको तीव्र संक्रमण सकिएको बताएको छ । 

विश्वभर कोरोनाको प्रभाव दिनानुदिन बढ्दै गइरहेको अवस्थामा बिहिबार चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको तीव्र संक्रमण सकिएको बताएको हो । 

‘अहिलेको नोभेल करोना अर्थात कोभिड–१९ को प्रकोपको तीव्र संक्रमण समाप्त भएको छ,’ आयोगले भनेको छ । 

बुधबार मात्र चीनमा १८ जना कोरोना संक्रमित भेटिएका थिए । बिहीबारसम्म कोरोना भाइरस संक्रमणबाट  विश्वभर चार हजार ६३६को मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट बिहीबार २० जनाले ज्यान गुमाएका छन् । 

कोरोना भाइरसको संक्रमण सुरु भएको कोरोना इपिसेन्टर चीनको वुहानमा भने कोरोना संक्रमितको संख्यामा कमी आएको छ । जनवरी २० बाटा राष्ट्रव्यापी तथ्यांक लिन सुरु गरिएको चीनमा पछिल्लो साता संक्रमितको संख्यामा निकै कमी आएको देखिएको हो । 

चीनका संक्रमित ८० हजार ७९६ मध्ये तीन हजार १६९ को मत्यु भइसकेको छ । चीनमा ६२ हजार ८०९ जना संक्रमित उपचारपछि निको भएर घर फर्काइएका छन् । अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये चार हजार २५७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

चीनले चीनमा कोरोना संक्रमितको संख्यामा कमी आइसकेको बताएको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले बुधबार राति मात्र नोभेल कोरोना भाइरस अर्थात् कोभिड–१९ विश्वभर महामारीको रुप लिएको भनी घोषणा गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि