जेठ ०५, २०८१, शनिबार
               

रकेट आक्रमणमा परी तीन विदेशी सैनिक मारिए

रासस
फागुन २९, २०७६

ADVERTISEMENT

एजेन्सी । इरानमा रहेको एक सैनिक शिविरमा बुधबार भएको भयावह रकेट आक्रमणमा परी दुई अमेरिकी र एक बेलायती सैनिक मारिएका अमेरिकी अधिकारीले जानकारी दिएका छन् ।

बुधबार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिविरमा सो आक्रमण भएको थियो । यस शिविरमा  अमेरिकी नेतृत्वको गठबन्धनका सैनिकहरूले स्थानीय फौजलाई जिहादीहरूसित युद्ध गर्न मद्दत पुर्‍याइरहेका छन् ।

अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मारिनुको साथै अन्य १२ जना घाइते भएका बताइएको छ । एक अमेरिकी अधिकारीले एएफपीलाई भने कि मृतकमा दुई अमेरिकी र एक बेलायती नागरिक रहेका थिए । 

यो आक्रमणले  खतरा निम्त्याएको बताइएको छ । यसलगत्तै पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूहरूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको र यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युुद्ध निरिक्षण गरिरहेका एक मानव अधिकारबादी समूहले जनाएको छ । 

इराकी सेनाले भने कि रकेट एक ट्रकको पछाडिबाट चलाइएको, तर यसले कुनै हताहत भएको टिप्पणी गरेको छैन ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र बेलायती विदेश मन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त रकेट हमलाको निन्दा गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि