बैशाख २२, २०८१, शनिबार
               

कोरोनाभाइरसबाट ४,६३३ जनाको मृत्यु

एजेन्सी
फागुन २९, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरस अहिले संसारभर महामारीको रुपमा फैलिँदै गएको छ ।

चीन बाहिर पनि मृतको संख्या दिन प्रतिदिन बढ्दैछ । इटाली र इरानमा तीव्र रुपमा संक्रमण फैलिएको छ ।

विश्वभर एक लाख २६ हजारभन्दा बढी मानिस कोरोनाभाइरस संक्रमित भएका छन् ।

कोरोना भाइस संक्रमणबाट अहिलेसम्म चार हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको अन्तरािष्ट्रय सञ्चार माध्यमले जनाएका छन् । 

६८ हजार ३०४ जना कोरोना संक्रमित व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विशवभर फैलिरहेको कोरोना भाइरस संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेको छ। 

चीनबाट सुरु भएको कोरोना भाइरस अहिले १ सय २४ देशमा फैलिसकेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि