जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण कुवेतको हवाई सेवा बन्द

एजेन्सी
फागुन २९, २०७६

ADVERTISEMENT

एजेन्सी । कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने भएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै, कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको बताइएको छ ।

विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो ।

स्रोतकाअनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् ।

त्यसैगरी, बजार, क्याफे, हेल्थ क्लबलगायतका स्थानमा भेला हुन पनि त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ ।

यद्यपि, कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान भने यो निर्णयबाट प्रभावित नहुने त्यहाँका सरकारी प्रवक्ताले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि