मंसिर ०७, २०८१, शुक्रबार
               

पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित १९ पुगे

रासस
फागुन २८, २०७६

ADVERTISEMENT

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या १९  पुगेको छ । सबैभन्दा धेरै सिन्ध प्रान्तमा मात्रै १५ जनामा भेटिएका छन् , भने अरु तीनजना गिल्गीत बाल्टिस्तानमा र एकजना बालुचिस्तानका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रम भएको पुष्टि भएको छ ।

अर्का एकजना गत हप्ता पूर्ण निर्को भएर घर फर्किएका छन् । क्यानाडामा पनि थप सातजना सङ्क्रमित भेटिएका छन् । यो सँगै कुल २९
पुगेको छ । 

 श्रीलङ्का र टर्कीमा पनि कोरोनाका सङ्क्रमित भेटिन थालेका छन् । अहिलेसम्म सङ्क्रमित नभेटिएका यी देशमा एक–एकजना सङ्क्रमित भेटिएको अधिकारीले बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि