जेठ ०६, २०८१, आइतबार
               

पाकिस्तानमा हिमपहिरो पाँचको मृत्यु

रासस
फागुन २८, २०७६

ADVERTISEMENT

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार राति गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ ।

यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ । 

यस हिमपहिरोमा परी कैयौँ सवारी साधन प्रभावित भएको र दुई दर्जनभन्दा बढी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको  छ ।  यस हिमपहिरोमा फसेका व्यक्तिको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ  । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि