जेठ ०७, २०८१, सोमबार
               

अमेरिकामा आँधीका कारण २४ जनाको मृत्यु

रासस
फागुन २१, २०७६

ADVERTISEMENT

अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्।

स्थानीय समयअनुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउनेको संख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । 

त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको अधिकारीहरुले जानकारी दिएका छन् ।

टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पु¥याएको क्षतिबारे बताए । भने, ‘आँधीका कारण यसपटक २४ व्यक्तिको  मृत्यु भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।’ 

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १ सय ४० भन्दा बढी भवन भत्किएका र कैयौं व्यक्ति भवन भग्नावशेषमा पुरिएका जनाएको छ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि