जेठ ०५, २०८१, शनिबार
               

अमेरिकामा आँधी २४  को मृत्यु

रासस
फागुन २१, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीका कारण २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।

त्यहाँकाे स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । 

त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पुर्‍याएको अधिकारीहरुले जानकारी दिएका छन्  ।

टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पुर्‍याएको क्षतिबारे बताए, ‘आँधीका कारण ‘यसपटक २४ व्यक्तिको  मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’ मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।’ 

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १ सय ४० भन्दा बढी भवन भत्किएका र कैयौँ व्यक्ति भवन भग्नावशेषमा पुरिएका जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि