जेठ ०६, २०८१, आइतबार
               

इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा दुईको मृत्यु

रासस
फागुन १९, २०७६

ADVERTISEMENT

कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेका बेलामा इन्डोनेसियामा पनि  सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ ।

विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा पहिलोपटक दुईजना इन्डोनेसियाली नागरिकमा यो भाइरसका सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहररूले जानकारी दिएका छन् । 

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँकी एकजना ६४ वर्षीया महिला र उनकी ३१ वर्षीया छोरीमा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूकाे  अवस्था अहिले राम्रो अवस्थामा रहेका जाकार्तामा रहेको एक अस्पतालले जानकारी दिएको छ । जापानबाट मलेसिया हुँदै इन्डोनेसिया फर्किएका उनिहरुमा स‌क्रमण देखिएकाे हाे ।  

उता संयुक्त राज्य अमेरिकामा भने दुईजनाको यस भाइरसका कारण मृत्यु भएको छ । थप एकजना ७० वर्षीय अमेरिकी नागरिकको सो भाइरसको प्रकोपबाट निधन भएको बताइएको छ । 

वासिङ्टन राज्यको किङ काउन्टीमा उनको ज्यान गएको बताइएको छ । उपचाररत ती ७० वर्षीयको आइतबार निधन भएको र कोरोना भाइरसको सङ्क्रमणबाटै उनको निधन भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

किङ काउन्टी करिब ७ लाख जनसंख्या भएको नगर हो । यहाँका स्वास्थ्य अधिकारीका अनुसार गत शनिबार मात्र पनि एकजनाको ज्यान गएको थियो । उनको पनि वासिङ्टन राज्यकै एक अस्पतालमा निधन भएको थियो । 

यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि दुई जनाको ज्यान गएको हो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि